दफा
अध्यक्ष तथा सदस्यको पारिश्रमिक तथा सुविधा
(१) अध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।
(२) अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका शर्त तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।
(३) आयोगको बैठकमा भाग लिए बापत सदस्यले तोकिए बमोजिम बैठक भत्ता पाउनेछ ।
(४) अयोगको कुनै सदस्यलाई कुनै निश्चित अवधि तोकी आयोगको काम गराउनु परेमा एक पटकमा तीन महिनामा नबढ्ने गरी आयोगले तोकिदिए बमोजिम पारिश्रमिक दिने गरी आयोगले काममा लगाउन सक्नेछ ।